विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड २३ लाख

विराटनगर, २६ असार । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार भन्दा बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार २ सय ७४ पुगेको हो ।

कोरोनाका कारण ५ लाख ५७ हजारको मृत्यु भएको छ ।

वल्डो मिटरको तथ्याङक अनुसार संक्रमित मध्ये ७१ लाख ८६ हजार ९ सय जना कोरोना मुक्त भएका छन् । संक्रमित मध्ये ४६ लाख ४२ हजार उपचाररत छन् ।

Loading...