युनाइटेडको सहज जित, च्याम्पियन्स लिग छनोट सम्भावना बलियो

एजेन्सी, २६ असार । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लामाथि ३–० गोलको जित निकालेको हो ।

भिल्लाको मैदानमा भएको खेलमा युनाइटेडलाई ब्रुनो फर्नान्डेस, मासोन ग्रीनवूड, पल पोग्बाले समान एक–एक गोल गरे ।

खेलको २७औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्ज्युरी समयमा ग्रीनवूडले गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर बन्यो ।

५८औं मिनेटमा पोग्बाले गोल गर्दै पाहुना टोलीलाई ३–० गोलको सहज जित दिलाए ।

जितसँगै युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावना बलियो बनाएको छ । पाँचौँ स्थानको उसले ३४ खेलबाट ५८ अंक बनाएको छ ।

पराजित भिल्ला भने २७ अंकका साथ रेलिगेशन जोनमा छ ।

Loading...