प्रहरी भित्र निषेध गर्ने कुसंस्कारको अन्त्य भयो– प्रहरी महानिरिक्षक थापा

काठमाडौं, २५ असार । प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले संगठन भित्र आफ्नै सहकर्मीहरुलाई व्यवसायीक रुपमा निषेध गर्ने कुसंस्कारको अन्त्य भएको बताएका छन् ।

बिहीबार प्रहरी महानिरिक्षकको पदभार ग्रहण गर्दै थापाले प्रहरी भित्रको कुसंस्कार अन्त्य भएको बताएका हुन ।

विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिपर्स्धालाई संकेत गर्दै उनले आफु र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताए ।

पाल र आफुबीच जो आइजिपी भएपनि सल्लाह र सहयोगमा अगाडी बढ्ने भद्र सहमति भएको बताउँदै उनले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कु संस्कार तोडिएको बताए ।

उनले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताए ।

दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताए ।

महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उनले संगठनको महानिरीक्षकको सफलता÷असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । उनले संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने बताए ।

Loading...