तीन महिनाको घरभाडा छुट

पोखरा, २५ असार । पोखराका पर्यटन व्यवसायी अग्नि कँडेलले लकडाउन अवधीको घरभाडा छुट गरिदिएका छन ।

पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा छुट गरेका हुन ।

कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ ।

व्यवसाय बन्द गरेर बस्नु पर्दा व्यावसायीले घरभाडा तिर्न सकेका थिएनन् । सहज परिस्थितिमा सहयोग गरेको कँडेलले बताए । रासस

Loading...