सरिता गिरी सांसद पद रिक्त

काठमाडौं, २५ असार । समाजवादी पार्टीकी सांसद सरिता गिरी पदमुक्त भएकी छन् । पार्टीको सिफारिसमा सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा समानुपातिक सांसद सरिता गिरीलाई सांसद पदमुक्त गरेको हो ।

सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।

समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरेको हो ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद् सचिवालयले जनाएको छ ।

संसद्का महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमानुसार नै पाइएकाले उहाँको सांसद पद रिक्त भएको सूचना जारी गरेको बताए ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीको असार २३ गतेको पदाधिकारी बैठकले सांसद गिरिलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

Loading...