गायक अरुण थापाको भूमिकामा प्रदीप नसुहाउने भन्दै निर्माणअघि फिल्म विवादमा

विराटनगर, २४ असार । अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले गायक अरुण थापाको बायोपिकको तयारी गरिरहेको चर्चा चलेको थियो ।

तर, फिल्मको घोषणा र निर्माण अघि अरुण थापा मगरसँग प्रत्यक्ष सरोकार उनको परिवार, सालिक निर्माण समिति, प्रतिष्ठान, नेपाल मगर संघ भएकोको गम्भीर ध्यान आकर्षण भएको हो ।

मंगोलियन अनुहारका थापाको भूमिकामा आर्यन अनुहारका प्रदीप नसुहाउने भन्दै निर्माण टिमलाई कास्टिङ परिवर्तन गर्न र सोच-विचार गरेर फिल्म बनाउन मगर फिल्मका निर्देशक संजोग लाफा मगरले फेसबुकमा स्टाटस लेखेका छन् ।

बायोपिक फिल्ममा कलाकार छनोट महत्वपूर्ण हुने भएकाले कास्टिङ परिवर्तन नगरे फिल्म प्रदर्शनको समयमा वा अन्य समयमा हुने विरोधको सम्पूर्ण क्षति निर्माताले बेहोर्नु पर्ने चेतावनीसमेत दिइएको छ ।

अरुण थापाको बायोपिकमा कास्टिङलाई लिएर विवाद उत्पन्न भएपछि निर्देशक दिनेश राउतले आफूले गायक थापाको जीवनीमा फिल्म बनाउन लागेको र त्यसमा प्रदीपलाई छनोट गरिएको कुरामा सत्यता नरहेको हुँदा वास्तविकता नबुझी विवाद गर्नु राम्रो नभएको बताए ।

Loading...