पछिल्लो २४ घण्टामा थप १०८ जनामा संक्रमण पुष्टि

विराटनगर, २५ असार । नेपालमा आज थप १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप १०८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १६ हजार ५३१ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...