मास्कले कोरोना संक्रमणको जोखिम ६५ प्रतिशतले घटाउँछ : अध्ययन

विराटनगर, २५ असार । मास्क लगाएर कोरोना भाइरसबाट संक्रमित हुने खतरालाई कम गर्न सकिन्छ ।

क्यालिफोर्निया विश्वविद्यालय डेभिस चिल्ड्रेन अस्पतालको एक टोलीका अनुसार नाक र मुख ढाक्ने मास्कले कोभिड १९ संक्रमणको जोखिमलाई ६५ प्रतिशतले घटाउने गर्छ ।

यसअघि अन्वेषकहरूले मास्क लगाउँदा अरूलाई भाइरसको प्रसारलाई मात्र रोक्न सक्ने कुरामा विश्वास गरिएको थियो ।

तर, अधिक अध्ययनहरूले मस्कले व्यक्तिलाई भाइरस फैलाउनबाट जोगाउनुका साथै स्वस्थ मानिसहरूसमेत बिरामी पर्नबाट बचाउने पत्ता लागेको छ ।

यूसी डेविस बाल अस्पताल अस्पतालमा बाल संक्रामक रोगहरूका प्रमुख डा. डीन ब्लम्बरबर्गका अनुसार कुनै व्यक्ति खोक्दा वा हाच्छ्यूँ गर्दा निस्केको सानो छिटाले तथा एयरोसोल कणहरूबाट मानिसहरू भाइरसबाट संक्रमित हुने गरेको पाइन्छ ।

विभिन्न प्रकारका मास्कहरूले एरोसोललाई श्वासप्रणालीमा प्रवेश गर्नबाट रोक्न सक्छन् ।

बोल्दा मुखबाट निसकिने २० देखि ५०० माइक्रोमिटर बीचका थोपाहरूलाई मास्कले ढाकेको बेलामा ब्लक गर्न सकिन्छ ।  

सामाजिक दूरीले भाइरस सार्ने जोखिमलाई ९० प्रतिशतले कम गर्दछ भने मास्क लगाउँदा संक्रमित हुने जोखिम ६५ प्रतिशतले कम हुने पाइएको हो । 

Loading...