birat ribon

नेपाल–भारत सीमामा मौलायो तस्करी

Neuro
नेपाल–भारत सीमामा मौलायो तस्करी

रंगेली, २५ असार । कोरोना भाइरसको कारणले नेपालका सबै सीमानाका बन्द गरिएका छन् । सरकारले लकडाउनलाई खुकुलो परेको भए पनि सीमा÷नाकामा आवत पूर्णरूपमा बन्द गरेको छ । नेपाल भारतको खुल्ला सीमाना बन्द गर्न प्रशस्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमामा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा भएपनि तस्करी मौलाएर गएको छ । नेपाल–भारत सीमा क्षेत्रमा दिन प्रतिदिन तस्करीका घटना मौलाएको हो ।

Padelux insider
cura insider

अत्यावश्यक खाद्यान्न मात्र नभएर बिलासिताका समानसमेत नेपालतर्फ तस्करी भइरहेको छ । सीमा क्षेत्रबाट प्रहरीले दैनिक तस्करीका समान बरामद गरिरहेको छ । सामान बरामद मात्र होइन सीमा क्षेत्रमा खटिएका प्रहरीसमेत कारवाहीमा परेका छन् ।

प्रदेश १ प्रहरी र मोरङ प्रहरीले सीमामा खटिएका केही प्रहरीलाई कारवाहीमा तानेको थियो । यसले पनि सीमा क्षेत्रको तस्करी घट्नुको साटो दिनदिनै बढिरहेको बुझ्न सकिन्छ । माथिका घटनाले सीमामा मिलोमतो या लुकिछिपी तस्करी मौलाएको देखाउँछ ।

मोरङ प्रहरीले बुधबार विराटनगर–१६ स्थित भट्टिमोड नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको अन्दाजी ४४ हजार बराबरको फेन्सी कपडा बरामद गरेको थियो । प्रहरीले विराटनगर–१५ का २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मो.सोरहालाई साइकलमा सामान ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दियो ।

भारताट अवैध रूपमा भन्सार छली २२ हजार मूल्य बराबरको कपडा र किराना पसलका सामान प्रहरीले विराटनगर–१६ दरैयामा पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय रानीले उक्त सामान भन्सार कार्यालयमा बुझाएको छ ।

मोरङको मझारे प्रहरी चौकीले बुधबार नै ३२ इन्चको दुईवटा एलसिडी टिभी सही दुईजनालाई नियन्त्रणमा लिएको छ । भारतबाट टेलिभजन ल्याउँदै गर्दा उनीहरूलाई जहदा गाउँपालिका–२ जयरामकोटमा को २७ प ४७७४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धनपालथान–२ खयरबना बस्ने वर्ष २६ को सचिन मण्डल र जहदा गापा–७ महादेव पुल बस्ने वर्ष ४० को प्रशान्त मण्डल रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ ।

भन्सार छली गरेर ल्याएको १२ केजी माछासहित जहदा गाउँपालिका–७ महादेवामा एकजनालाई पक्राउ गरेको छ । सोही स्थान बस्ने कुमार सहनीलाई को ३९ प ९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । उनलई पनि प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको थियो ।

नेपाल–भारत सीमानामा पूर्णरूपमा आउजाउ बन्द गरिएको अवस्थामा भारतबाट नेपालतर्फ मात्र होइन नेपालबाट भारततर्फ पनि तस्करी भइरहेको छ । प्रहरीले २४ असारमा भारततर्फ लैजाँदै गरेको अवस्थामा दस हजार मूल्य बराबरको २० केजी कालो मरिच बरामद गरेको छ ।

प्रहरीले मरिच विराटनगर–१८ कालाबन्जरबाट नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बुधनगरले परिच नियन्त्रणमा लिए पनि ल्याउने मानिस भने फरार भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले एकै दिन विभिन्न समयमा झण्डै २ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । यसै दिन ओसार पसारमा संलग्न ६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करमा संलग्न केही भने फरार भएका छन् ।

मोरङको दक्षिणी क्षेत्रसँग जोडिएको भारतबाट खाद्यान्न, लताकपडा मात्र होइन प्रतिबन्धित लागूऔषध पनि आइरहेको छ । लुकिछुपी रूपमा प्रशस्तै आइरहेका छन् । जुन दैनिक प्रहरीले बरामद गर्ने प्रतिबन्धित लागूपदार्थबाट पुष्टि हुन्छ ।

jackson ribon