गण्डकी प्रदेशमा थप २० जनामा कोरोना

पोखरा, २४ असार । गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार दिउँसो थप दुई महिलासहित २० जनामा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार तनहुँका एकजना, म्याग्दी र बाग्लुङका समान दुई–दुई जना, नवलपरासीका ४ जना लमजुङका ५ जना, गोरखाका २ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।

Loading...