birat ribon

विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ

Neuro
विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ

विराटनगर, २५ असार । विराटनगरबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Padelux insider
cura insider

बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ बाट २० वर्षीय आनन्दकुमार पासवानलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

आज बिहान ५ बजे विराटनगर–७ का पासवानलाई १०० एमएलको ३९ बोतल प्रतिबन्धित लागूऔषध डाईलेक्स डिसीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon