birat ribon

ओखलढुङ्गामा ट्रक दुर्घटना : चालकको मृत्यु

Neuro
ओखलढुङ्गामा ट्रक दुर्घटना : चालकको मृत्यु

ओखलढुंगा, २५ असार । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

Padelux insider
cura insider

बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षिय नवराज कार्कीको मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए । रासस

jackson ribon