birat ribon

कार्यालय भित्र कर्मचारी, बाहिर सेवाग्राही

Neuro
कार्यालय भित्र कर्मचारी, बाहिर सेवाग्राही

विराटनगर, २४ असार । वैदेशिक रोजगार विभागले निर्देशन दिए पनि प्रदेश नं १ विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले सेवा प्रदान गरको छैन ।

Padelux insider
cura insider

श्रम स्वीकृति खुलेको थाहा पाएका सेवाग्राही कार्यालयमा पुगे पनि सेवा पाएका छैनन् । सुरक्षित वातवारण नभएकोले सेवा सुचारु गर्न नसक्ने कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा वैदेशिक रोजगार व्यवस्थापन शाखाले श्रम स्वीकृति बन्द गराएको थियो ।

२१ असारबाट पुनः श्रम स्वीकृति खुलेपनि प्रदेश १ कार्यालयले सेवा प्रदान गरेको छैन ।

श्रम कार्यालयमा कर्मचारी ढोका लगाएर बस्ने गरेका छन् । झापाबाट आएका लहेरु राजवंशीले कार्यालय समयमा आए पनि काम नभएको दुखेसो गरे । लकडाउनको कारण विराटनगरमै बसिरहेका ताप्लेजुुङका सविन श्रेष्ठले श्रम स्वीकृतिको काम नभएको बताए ।

विभागले निर्देशन दिएर कार्यालय खुलेको भए पनि काम गर्न सुरक्षित वातावरण नभएकाले सेवा दिन नसकेको श्रम कार्यालयका कर्मचारी बताउँछन् ।

कोरोना संक्रमणबाट बच्ने पर्याप्त सामाग्री नभएको कारणले सेवा दिन कठिन भएको उनीहरुको भनाई छ ।

सेवाग्राही आए पनि संक्रमणबाट बच्ने सामाग्री र कर्मचारी अभावले सहज रुपमा सेवा सुचारु गर्न समस्या भएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

jackson ribon