birat ribon

प्रदेश १ मा काेराेना संक्रमितको संख्या ७०० नाघ्यो

Neuro
प्रदेश १ मा काेराेना संक्रमितको संख्या ७०० नाघ्यो

विराटनगर २४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या सातसय नाघेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या सातय नाघेको हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७०२ पुगेको छ ।

बुधबार मोरङमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सुनसरीको इटहरीमा २ जना, तेह्रथुमको लालीगुराँसमा एक पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङमा एक महिला र एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ ।

डिस्चार्ज हुनेको संख्या ५२७

प्रदेश १ मा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ५२७ पुगेको छ । बुधबार ४९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५२७ पुगेको हो ।

बुधबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईशोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । बुधबार डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् ।

jackson ribon