मेस्सी ‘असिस्ट किङ’, रोनाल्डो दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा स्वारेज

एजेन्सी, २४ असार । गोलमा पास मिलाउनु पनि गोल गरेसरह नै हो । गोलका लागि असिस्ट गरेर योगदान गर्नु पनि टोलीलाई जिततर्फ अग्रसर गर्नु हो ।

‘ट्रान्सफर मार्केट’को तथ्यांकअनुसार सन् २००० यता अजेन्टिनी स्टार लियोनल मेस्सी असिस्टकर्ताको सूचिमा सबैभन्दा अगाडि छन् । २० वर्षयता उनले सबैभन्दा धेरै असिस्ट गरेका छन् ।

बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले क्लब र देशका लागि गरेर ८६६ खेल खेल्दा ३१९ गोलमा पास मिलाएका छन् । ३३ वर्षीय मेस्सी सर्वाधिक असिस्टकर्ताको सूचिमा पहिलो स्थानमा रहेका छन् ।

यसैगरी दोस्रो स्थानमा पोर्चुगिजका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । ३५ वर्षीय उनले देश र क्लबका लागि गरेर एक हजार ८ खेल खेल्दा २५८ गोलमा असिस्ट गरेका छन् ।

तेस्रो स्थानमा उरुग्वेका स्टार लुइस स्वारेज छन्, उनले ७१३ खेलमा २५६ असिस्ट गरेका छन् ।

चौथो स्थानका मेसट ओजिलले ६५३ खेलबाट २५३ असिस्ट गरेका छन् भने एन्जल डी मारिया पाँचौं स्थानमा छन् । डी मारियाले ६९५ खेलबाट २३५ असिस्ट गरेका छन् । छैटौं स्थानका सेस फेब्रेगासले ८०० खेलबाट २३४ असिस्ट गरेका छन् भने सातौं स्थानका जाभीले ९५० खेलबाट २३० असिस्ट गरेका छन् ।

आठौं स्थानमा फ्रान्क रिबेरी रहेका छन् । उनले ६४९ खेलमा २२७ असिस्ट गरेका छन् । नवौं स्थानमा रहेका थोमस मुलरले ६६७ खेलबाट २२४ गोलमा पास मिलाएका छन् भने दसौं स्थानका स्टेफन होफम्यानले ६२९ खेलबाट २०८ गोलमा योगदान दिएका छन् ।

ब्राजिलियन स्टार नेयमार भने १५औं स्थानमा छन् । उनले ५०१ खेलबाट १९० गोलमा पास मिलाएका छन् ।

पूरा सूचि

Loading...