ला लिगा : उपाधि होड कायमै राख्ने दाउमा बार्सिलोना

एजेन्सी, २४ असार । स्पेनिस ला लिगामा आज तीन खेल हुँदैछन् । ३५औं चरणको खेलअन्तर्गत आज ६ वटा टोली एकापसमा भिड्दैछन् ।

आजको खेलमा साविकको विजेता बार्सिलोनाले स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यो खेल बार्सिलोनाका मैदान क्याप नोउमा हुनेछ ।

यस खेलमा बार्सिलोना उपाधि होड कायमै राख्ने दाउमा हुनेछ । हाल बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस खेलमा जित निकालेको खण्डमा बार्साले ७६ अंक बनाउँदै रियलमाथि दबाब दिनेछ ।

रियल भने ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । २०१६–१७ को सिजनपछि पहिलोपटक उपाधि होडमा अगाडि रहेको रियलमाथि बार्सिलोना दबाब राख्ने लक्ष्यमा हुनेछ ।

यता, बार्सिलोनाको आजको प्रतिद्वन्द्वी स्पान्योल भने रेलिगेशन जोनमा रहेको छ । उसँग २४ अंक रहेको छ ।

बार्सिलोनाले स्पान्योलविरुद्ध खेल्नका लागि लियोनल मेस्सीको कप्तानीमा लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान, मार्टिन ब्रेथवेट, जोर्डी अल्बा, इभान राकिटिक, अन्सु फाती, जेरार्ड पिकेलाई प्रारम्भिक टोलीमा राखेको छ ।

Loading...