नेकपा स्थायी समिति बैठक दुई दिन स्थगित

काठमाडौं, २४ असार । नेकपा स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको बैठक २६ असारसम्मका लागि स्थगित भएको हो ।

आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको नेकपा भित्र सहमति जुटाउन दुई अध्यक्ष शुक्रबारयता छलफलमा छन । अर्को बैठक २६ असारमा बस्ने नेकपा नेता सूर्य थापाले जानकारी दिए ।

गत बिहीबार बसेको नेकपा स्थायी समिति बैठक तीन पटक सरेको हो । स्थायी समितिका सदस्यले प्रधानमन्त्री केपीशर्मा ओलीकाे राजिनामा मागे पछि नेकपा भित्र विवाद चर्किएकाे छ ।

Loading...