लकडाउनमा विराटनगर विमानस्थलबाट १७ उडान

विराटनगर, २४ असार । कोरोना महामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनमा विराटनगर बिमास्थलबाट १७ हवाई उडान भएको छ ।

विमानस्थल कार्यालयका अनुसार लकडाउन सुरूभएयता नेपाली सेना र निजी कम्पनीले १७ उडान भरेका हुन । उडान उद्दार तथा स्वास्थ्य सामाग्री ढुवानीका लागि भएका हुन ।

कोरोना रोकथामका लागि सरकारले ११ चैतदेखि लकडाउन आह्वान गरेको थियो । लकडाउनमा लगाइएको आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध खुलेको छैन ।

नियमित उडान बन्द भएसँगै विराटनगर विमानस्थल सुनशान छ ।

नियमित उडान नभए पनि लकडाउन अवधिभरी विराटनगर विमानस्थलमा ३४ उडान–अवतरण भएको विराटनगर नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले बताए ।

विराटनगर नागरिक उड्डयन कार्यालयको फ्लाइट मुभमेन्ट रेकर्ड अनुसार मार्च महिनाको लकडाउन अवधिभर चार उडान–अवतरण भएको छ । सबै नेपाली सेनाको विमानले गरेको थियो ।

अप्रिल महिनामा विराटनगर विमानस्थलमा १४ उडान–अवतरण भएका छन् ।

अप्रिलमा नेपाली सेनाको विमानले पाँच उडान र पाँच अवतरण गरेको थियाे । सीता र सिम्रिक एयरका विमानले एक-एक उडान र अवतरण गरेका थिए ।

काठमाडौंबाट आएका यी दुवै विमानमार्फत १६ जना मानिस विराटनगर आएको विमानस्थल कार्यालयले बताएको छ ।

मे र जुन महिनामा नेपाली सेनाको विमानले १२ उडान–अवतरण गरेको छ । दुई महिनामा निजी कम्पनीले उडान भरेका छैनन् ।

जुलाई महिनाको पहिलो साता माउन्टेन र कैलाश कम्पनीका दुई हेलिकप्टरले उडान–अवतरण गरेका छन् । यी दुवै हेलिकप्टर व्यवसायीक उडानमा नभई उद्धार उडान गरेका थिए ।

Loading...