नेकपा विवादमा चिनियाँ राजदूतको सहजीकरण

विराटनगर,२४ असार । आन्तरिक विवादका कारण सत्तारुढ नेकपा फुटको संघारमा पुगेपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुप तिब्र बनेको छ ।

पछिल्लो समय देखिएको विवाद सामधानका लागि बेजिङको सन्देश लिएर यान्छीले दौडधुप तिब्र बनाएकी हुन ।

नेकपा भित्र बिवाद बढीरहेको अवस्थामा चिनियाँ राजदूत यान्छीले १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारी, २१ असारमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र २३ असारमा झलनाथ खनालसँग भेटघाट गरेकी छन् ।

अघिल्लो पटक विवाद हुँदा उनले प्रधानमन्त्री केपीशर्मा ओली नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेतासँग भेट गरेकी थिइन ।

नेकपा विवादमा चिनियाँ राजदूतले सहजीकरण गरेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Loading...