सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद गुम्ने

काठमाडौं, २३ असार । प्रतिनिधी सभा सदस्य सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरेको छ ।

पार्टीको निर्देशन विपरित काम गरेको भन्दै समाजवादी पार्टीले नेतृ गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीबाट निष्कासनमा परेसँगै उनी सांसद पद गुम्नेछ ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । सिफरिस अनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयको गिरीले विरोध गर्दै आएकी थिइन ।

उनले संविधान संसोधन प्रस्ताव माथि संसोधन गर्न छुट्टै प्रस्ताव दर्ता गराएकी थिइन ।

पार्टीले संशोधन फिर्ता लिएर विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मतदान हुने दिन संसद बैठक छाडेर हिडेकी थिइन ।

Loading...