कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

विराटनगर, २३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टमा थप २०४ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका थिए ।

Loading...