विराटनगरमा ६ जना थपिए संक्रमित, प्रदेशमा ९ जना

विराटनगर, २३ असार । प्रदेश १ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरमा थप ६ जनासहित प्रदेश १ मा नौं जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरमा २ महिला र ४ जना पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुषमा संक्रमण पुष्टि भएको छ । झापाको बाह्रदशीमा एकजना संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रदेश १ बाट ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिए ।

Loading...