birat ribon

प्रदेश सरकारको खर्च ५६ प्रतिशत मात्र

Neuro
प्रदेश सरकारको खर्च ५६ प्रतिशत मात्र

विराटनगर २३ असार । चालु आर्थिक वर्षको साढे ११ महिनामा प्रदेश १ सरकारले ५६ प्रतिशत बजेट खर्च गरेको छ ।

Padelux insider
cura insider

आर्थिक वर्ष २०७६–०७७ को २२ असारसम्म २२ सरकारले कुल बजेटको ५६ प्रतिशत अर्थात २३ अर्ब ६९ करोड २० लाख खर्च गरेको हो ।

प्रदेश १ सरकारले २२ असारसम्म चालु खर्च ५४ प्रतिशत पुर्याएको छ । सरकारले ९ अर्ब ९७ करोड ५४ लाख चालु खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी अन्तिमकुमार आचार्यले जानकारी दिए ।

प्रदेश १ सरकारले पूजिगत तर्फ ५८ प्रतिशत अर्थात १३ अर्ब ७१ करोड ६६ लाख खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०७६–०७७ का लागि प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख बजेट ल्याएको थियो ।

प्रदेश सरकारले जेठमसान्तसम्म ७ अर्ब ४६ करोड ५८ लाख चालु खर्च गरेको थियो । सोही अवधीमा ४९ प्रतिशत पुजिगत खर्च गरेको थियो ।

११ चैतबाट सुरु भएको लकडाउनका कारण बिकास निर्माणको काम प्रभावकारी रुपमा अगाडी नबढेका कारण सरकारले लक्ष्य भन्दा थोरै बजेट खर्च गर्न सकेको हो ।

प्रदेश सरकारले वैशाख सम्ममा ३६ प्रतिशत मात्र खर्च भएको थियो । बैशाखमा प्रदेशको चालु तर्फ ३४ र पूजिगत तर्फ ३८ प्रतिशत खर्च गरेको थियो ।

jackson ribon