birat ribon

भारतीयलाई नागरिकता दिने प्रशासकीय अधिकृत कारागार चलान

Neuro
भारतीयलाई नागरिकता दिने प्रशासकीय अधिकृत कारागार चलान

भद्रपुर, २३ असार । भारतीय नागरिकलाई नागरिकता दिएको आरोप लागेका झापाका तत्कालिन प्रशासकिय अधिकृत पूर्पक्षका लागि कारागार चलान भएका छन ।

Padelux insider
cura insider

झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका हुन ।

झापा जिल्ला अदालतले सोमबार आचार्यलाई कारागार चलानको आदेश दिएको थियो ।

झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं २०७२ मसिंर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता दिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौंको गोठाटारबाट पक्राउ गरेको थियो ।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस

jackson ribon