birat ribon

गाँजा खेतीलाई उद्योगको रुपमा विकास गर्न माग

Neuro
गाँजा खेतीलाई उद्योगको रुपमा विकास गर्न माग

विराटनगर २२ असार । गाँजा खेतीलाई उद्योगको रुपमा विकास गरे प्रदेशको औद्योगिक क्षेत्रको विकास सहज रुपमा अघि बढ्ने नेकपा प्रदेश सांसद बिमल कार्कीले बताएका छन ।

Padelux insider
cura insider

साेमबार प्रदेश औद्योगिक व्यावसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक माथिको छलफलमा उनले गाँजा खेतीलाई उद्योगको रुपमा विकास गर्नु पर्ने बताए । घरेलु मदिरा र गाँजालाई औद्योगिक उत्पादनको रुपमा विकास गर्न कार्कीले आग्रह गरे ।

छलफलमा नेपाली काग्रेसका सांसद प्रतापप्रकाश हाङगामले राणाकालमा ताप्लेजुङमा सञ्चालनमा रहेका फलम, तामा, सुन खानी पून सञ्चालन गर्न माग गरे ।

उनले उद्योग दर्ताको प्रकृया धेरै झण्झटीलो भएको गुनासो गरे । ग्रामीण भेगका सर्वसाधारणले उद्योग दर्ता गर्न नसक्ने उनले बताए ।

सांसद सीता थेवेले स्थानीय उत्पदनलाई प्रशोधन र ब्रण्डीङ गर्नुपर्ने बताइन । जडीबुटीको क्षेत्रलाई अगाडी बढाउनु पर्ने उनको भनाई छ ।

प्रदेशका १४ वटै जिल्लामा विभिन्न खानी र भूगर्भ रहेकाले उत्खनन तथा प्रसोधन गरे निक्कै अगाडी बढन् सकिने उनले बताइन ।

सांसद जयराम यादवले औद्योगिक उत्पादनको मुख्य कच्चा पदार्थ कृषी क्षेत्रबाट आउने भएकोले कृषी क्षेत्रको विकासमा पनि जोड दिनु पर्ने बताए ।

jackson ribon