birat ribon

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७६

Neuro
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७६

विराटनगर, २२ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६७६ पुगेको हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साेमबार झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश १ का ६ सय ७६ संक्रमित मध्ये १ सय ११ महिला छन ।

प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

jackson ribon