२५ असारबाट वर्षा, तीन दिन बाढीको जोखिम

विराटनगर, २२ असार । जल तथा मौसम विज्ञान विभागले बिहीबारबाट नदी नालामा पानीको बहाव बढ्ने भएकोल सतर्क रहन आग्रह गरेको छ ।

मनसुन सक्रिय रहेकाले भारी वर्षा हुने बताउँदै महाशाखाले २६ असारबाट २९ असारसम्म पू्र्वसावधानी अपनाउन आग्रह गरेको हो ।

असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने बताइएको छ ।

Loading...