एक व्यक्ति दुई सिमकार्ड

काठमाडौं,२२ असार । एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीकाे दुईवटा मात्र सिमकार्ड बोक्न पाउने नियम लागु भएकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन निर्देशन दिइसकेकाे छ ।

प्राधिकरणको निर्देशनपछि अब व्यक्तिले एउटा सेवा प्रदायकको २ वटासम्म सिमकार्ड बोक्न पाउनेछन् ।

नेपाल टेलिकमकाे सिडिएमए प्रयाेगकर्ताले थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

Loading...