एलिजाको गुनासो ‘विवाहित भएकै कारण धेरै फिल्मबाट निकालिएँ’

विराटनगर, २२ असार । कोरोना महामारीका कारण चलचित्र क्षेत्र प्रभावित छ । हल बन्द भएका कारण फिल्महरू रिलिज हुन सकेका छैनन् । लकडाउनका कारण चलचित्र क्षेत्रले ठूलो क्षति भोगेको छ ।

पछिल्लो समय फुर्सदिला देखिएका कलाकारहरू आफूले दिएका अभिव्यक्तिका कारण विवादमा तानिदैछन् । केही सातायता नातावाद र समूहवादको विषय पनि चर्चामा छ ।

फिल्म ‘अनुराग’ बाट डेब्यू गरेकी पत्रकार ऋषि धमलाकी पत्नि एलिजा गौतमले नेपाली फिल्म क्षेत्रमा नातावाद र समूहवाद हाबी भएको बताएकी छन् ।

क्षमता भएकालाई भन्दा आफ्नालाई अवसर दिने प्रवृति फिल्म क्षेत्रमा व्याप्त रहेको उनले बताइन् । उनले आफू विवाहित भएकै कारण केही चलचित्रबाट निकालिएको खुलासा गरिन् ।

विवाहित भएको कारण राम्रो फिल्मबाट अफर आए पनि रातारात फिल्मको हिरोइन परिवर्तन भएको उनको गुनासो छ ।

Loading...