साउथेम्प्टनसँग म्यानचेस्टर सिटी पराजित

विराटनगर, २२ असार । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटी १४ औं स्थानको साउथेम्प्टनसँग पराजित भएको छ ।

साउथेम्प्टनको घरेलु मैदान सेन्ट मेरीमा भएको खेलमा सिटीले १–० गोल अन्तरले पराजित भएको हो ।

साउथेम्प्टनको जितमा चे एडम्सको एक मात्र निर्णायक गोल गरे ।

मैदानको मध्यभाग नजिकै सिटीको मिडफिल्डर अल्मिलिएपछि पाएको बललाई एडम्सले सुन्दर गोलमा परिणत गरिदिए ।

एक गोलको अग्रता बनाएको साउथेम्प्टनको पोस्टमा सिटीले आधा दर्जन प्रयास गरे पनि सफल भने हुन सकेन । साउथेम्प्टनका गोलरक्षक एलेक्स म्याकार्थी र डिफेन्डर हिजो खेलमा नायक बने ।

जितसँगै महत्वपूर्ण तीन अंक बटुलेको साउथेम्प्टन अंक तालिकाको एक स्थान माथि उक्लिएको छ । ३३ खेलमा ४३ अंक बटुलेको समान अंक भए पनि न्यू क्यासलभन्दा अंक तालिकामा एक स्थान तल छ ।

खेल हारेको सिटी दोस्रो स्थानमा यथावत् छ । अघिल्लो सिजनको लिग विजेता सिटीले ३३ खेलमा २१ जित, तीन बराबरी र ९ हार सहित ६६ अंक बनाएको छ । लिग विजेता लिभरपुलभन्दा सिटी २३ अंकले पछि छ ।

Loading...