विदेशबाट फर्किएका स्थानीय तहको क्वारेन्टाइनमा, होटल क्वारेन्टाइन खाली

काठमाडौं, २२ असार । विदेशबाट फर्किएकाहरु स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेपछि होटल क्वारेन्टाइनहरू खाली रहेकाे पाइएकाे छ ।

सरकारले विदेशबाट आएका नागरिकलाई व्यवस्थित तरिकाले होटल क्वारेन्टाइनमा राख्ने प्रावधान गरे पनि होटलमा बस्नेको सङ्ख्या असाध्यै न्यून छ ।

विदेशबाट आएका अधिकांश आ–आफ्नै पालिकाले व्यवस्था गरेका क्वारेन्टाइनमा बस्न गएका छन ।

कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले असार पहिलो साताबाट स्वदेश फिर्ती गर्न सुरु गरेको हो ।

सरकारले विदेशबाट फर्केकालाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको थियो । बस्नका लागि होटल र पालिकाले दुवैले व्यवस्था गरेकामा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेकामा अधिकांशले पालिकाकै क्वारेन्टाइन रोजेको पाइएको हो ।

होटल सघं नेपाल (हान)का अनुसार विदेशबाट स्वदेश फिर्ती भएका झन्डै १५ हजारमध्ये एक हजार पाँच सयले मात्रै होटल क्वारेन्टाइनमा सेवा लिइरहेको खबर आजको गोरखा पत्र दैनिकमा छ ।

Loading...