रियलकाे जितमा रामाेसकाे निर्णायक गाेल, उपाधि हाेड बलियाे

विराटनगर, २१ असार । रियल मड्रिडले एथ्लेटिको क्लब विरुद्ध कठिन जित निकालेको छ ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आइतबार भएको खेलमा एथ्लेटिक क्लबलाई १– ० ले पराजित गरेको हो । जितसँगै रियलले उपाधि दाबेदारी बलियो बनाएको छ ।

घरेलु टोली एथ्लेटिको क्लबमाथिको कठिन जितमा सर्जियो रामोसले निर्णयक गोल गरे ।

कोरोनापछि खेलमा रियलको यो लगातार सातौ जित हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको रियलका लागि ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै रामोसले जारी सिजनमा व्यक्तिगत १० औं गोल गरे ।

थप समयमा गोल हुन नसकेपछि जित निकाल्दै रियलले उपाधि होड दरिलो बनाएको हो ।

जितसँगै रियलको ३४ खेलबाट ७७ अंक जाेडेकाे छ । रियल दोस्रो स्थानको बार्सिलोनाको भन्दा ७ अंक बढी छ ।

बार्सिलोनाले आज राति नै भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा स्पष्ट जीत हासिल नगरेको अवस्थामा बार्सिलोनाको उपाधि यात्रा कठिन् हुनेछ ।

Loading...