सरकारको नीतिले निजी क्षेत्र फस्टाउन सकेन

विराटनगर, २१ असार । सरकारी नीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको उद्योगी व्यावसायीले बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका उद्योगी व्यवसायीहरुले असमान नीति नियमका कारण उद्योग व्यावसाय फस्टाउन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिव्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा पदार्थ र बजारमा आउने तयारी वस्तुको भन्सार ड्युटीमा हुने फरकले गर्दा नेपाली उद्योगहरु समस्यामा पर्ने गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति अन्जन श्रेष्ठले नीतिगत स्पस्टता, निरन्तरता र विश्वसनियता नभए निजी क्षेत्र सबलरुपमा अगाडि बढ्न नसक्ने बताए ।

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रराज प्रधानले सरकारले कपडा उद्योगमा दिँदै आएको भ्याट छुट दुई वर्षदेखि बन्द गरिदिँदा उद्योगहरुले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेको बताए ।

Loading...