मेलम्चीको सुरुङमा पानी पठाइयो, तीन हप्तापछि सुन्दरीजल पुग्ने

काठमाडौं, २१ असार । मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो ।

हेडवर्क निर्माणको काम जारी रहेकाले सो स्थानभन्दा १ सय मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट पानी प्रवाह सुरु गरिएको आयोजना प्रमुख तिरेश खत्रीले बताए ।

उपत्यकामा पानी झर्न अझै २ महिनाभन्दा बढी समय लाग्छ । सुरुङमा हालिएको पानी सुन्दरीजलसम्म पुग्न नै करिब ३ हप्ताको समय लाग्छ । आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताइन । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनले बताइन् ।

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म छ ।

Loading...