विराटनगर, २१ असार । नेपाली नायिका प्रियंका कार्की इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेका छन् ।
प्रियंका पहिलो नेपाली नायिका हुन् जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुगेका छन ।

इन्स्टाग्राममा निकै सक्रिय प्रियंकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेपछि सबैलाई धन्यवाद दिएकी छिन् । उनले भने ८ सय ६५ जनालाई फलो गरेकी छिन् ।
पछिल्लो समय लकडाउनले गर्दा घरमा बसिरहेकी उनी आफ्ना पति आयुष्मानसँग मिलेर युट्युबमा ‘चप चप डायरिज नामक शो’मा विभिन्न परिकार पकाउन सिकाउँदै छिन् ।
प्रियंकापछि इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नायिकामा मनिसा कोराला र अदिति बुढाथोकी छन् ।