birat ribon

वाईफाईको तार मिलाउन खाेज्दा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

Neuro
वाईफाईको तार मिलाउन खाेज्दा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

विराटनगर, २१ असार । वाइफाई जडानको तार मिलाउने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

मोरङको रतुवामाई नगरपालिका– ९ का ३२ बर्षीय खेमबहादुर भुजेलको पोलमा वाईफाईको तार मिलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनकी श्रीमती घाइते भएकी छन ।

शनिबार अपरान्ह ५ बजे घर अगाडि रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

सोही घटनामा घाईते भएकी भुजेलकी ३० वर्षीया श्रीमती कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

शनिबार झापाको मेचीनगर नगरपालिका– १४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा रहेका वायरिङका तार संकलन गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । भुजेललाई उपचारको लागी झापाको बिएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

jackson ribon