birat ribon

रोटरी क्लब अफ विराटनगर मिड टाउनको अध्यक्षमा भट्टराई

Neuro
रोटरी क्लब अफ विराटनगर मिड टाउनको अध्यक्षमा भट्टराई

विराटनगर, २१ असार । रोटरी क्बल विराटनगर मिडटाउनको १९ औं अध्यक्षमा निर्विरोध चयन भएका पुन्य भट्टराई नेतृत्वको टोलीले पदभार ग्रहण गरेको छ ।

Padelux insider
cura insider

सन् २०२०- २०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

क्बलमा ५२ सदस्य छन् । क्बलको भावी अध्यक्षमा जयकमल अग्रवाल छन । क्बलको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिब नबिन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवणकुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काबरा, केशरीचन्द बोथरा, नरेस बंशल छन् ।

सदस्यहरूमा अश्विनी बंशल, निश्चल अधिकारी, बाबुराम न्यौपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल छन् । क्लबका पदाधिकारीहरूलाई मधु काब्राले सपथ ग्रहण गराएकी थिइन ।

भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने बताए ।

jackson ribon