birat ribon

दाउरा निकाल्न र पाैडी खेल्न गएका दुई जनाको खोलाले बगाएर मृत्यु

Neuro
दाउरा  निकाल्न र पाैडी खेल्न गएका दुई जनाको खोलाले बगाएर मृत्यु

विराटनगर, २१ असार । मोरङ र झापामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका छन ।

Padelux insider
cura insider

मोरङको कटहरी गाउँपालिका– ७ का प्रधुम्न सरदारको ६ वर्षीया छोरी दिक्षा सरदारको खोलाले बगाएर मृत्यु भएको छ ।

जुडी खोलामा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो । शनिबार दिउँसो ३ बजे खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजतलास गर्ने क्रममा राती शव भेटिएको थियो ।

शव खोलाले बगाएको स्थानबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङलर जनाएको छ ।

झापाको कमल गाउँपालिका– ५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो ।

शनिबार दिउँसो साँढे १ बजे चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलामा बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा करिब १ किलोमिटर तल शव फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

jackson ribon