birat ribon

अबैध रुपमा विराटनगरको म्याक्स अस्पतालमा कोरोना जाँच, अस्पतालकाे ल्यावमा प्रदेश प्रयोगशाला निर्देशकको लगानी

Neuro
अबैध रुपमा विराटनगरको म्याक्स अस्पतालमा कोरोना जाँच,  अस्पतालकाे ल्यावमा प्रदेश प्रयोगशाला निर्देशकको लगानी

विराटनगर, २१ असार । सरकारले निजी अस्पतालहरुलाई कोरोनाको परिक्षण गर्ने अनुमति दिएको छैन । तर विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालले भने गोप्य रुपमा अबैध तरिकाले कोरोना परिक्षण गरि रिर्पोट दिएकाे छ ।

Padelux insider
cura insider

दुई हजार रुपैयाँसम्म लिएर विराटनगरको महेन्द्र चोकमा सञ्चालित म्याक्स इन्टरनेशनल अस्पतालले आरडीटी जाँचको रिपोर्ट दिएको हो ।

म्याक्स अस्पतालमा सञ्चालित प्रयोगशालामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक जयवेन्द्र यादवको लगानी छ । उनकै प्रयोगशालामा आरडीटी परिक्षण भएपनि उनले आफुलाई जानकारी नभएको बताएका छन ।

आरडिटी जाँच गरि अस्पतालले दिएकाे रिपाेर्ट

सरकारले निजी अस्पताल तथा ल्याबलाई पीसीआर तथा आरडिटी जाँचका लागि अनुमति दिएको छैन । तर प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक यादवको निजी ल्याब रहेको अस्पतालले इमरजेन्सीको लेटरप्याडमा कोरोना जाँचको रिपोर्ट दिएको हो ।

कोशी अनलाइनलाई प्राप्त रिपोर्टमा अस्पतालको इमरजेन्सीमा जाँच गरेको र कोरोना नेगेटिभ देखिएको उल्लेख छ ।

स्रोतका अनुसार काठमाडौं जाने करिब ५० जनाको आरडिटी परीक्षण गरी रिपोर्ट दिएको छ । तर घटना बाहिर आएपछि परीक्षण बन्द गरेको छ ।

काठमाडौं प्रवेशका लागि आरडीटी जाँचको रिपोर्ट अनिवार्य गरेपछि विराटनगरबाट काठमाडौं जानेहरुको म्याक्समा कोरोना जाँच गराएका थिए ।

चरित्र हत्या गर्न खोजियो – यादव

यता जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक जयवेन्द्र यादवले म्याक्स अस्पतालमा कोरोना जाँच गर्दा आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजेको बताएका छन ।

जयवेन्द्र यादव

उनले म्याक्स अस्पतालको ल्याब आफूले हेरेपनि आरडिटी जाँचमा आफ्नो संलग्नता नरहेको बताए । ‘म्याक्स अस्पतालमा बेला बेला ल्याव हेर्छु , उनले भने ‘कोशी अस्प्तालमा कार्यरत रहदा देखि नै म्याक्समा जोडिएको थिए ।’

अस्पताल भित्र हुने विषय आफूलाई जानकारी नहुने बताउँदै उनले थपे‘ भित्र के के हुन्छ सबै मलाई जानकारी हुँदैन् । इमरजेन्सीबाट परीक्षण भएको रहेछ ।’

जयवेन्द्र यादव एक वर्षयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छन् । यस अघि उनी कोशी अस्पताल विराटनगरको ल्याब प्रमुख थिए

कोशी अस्पताल अगाडि उनले एडभान्स प्याथोलोजी ल्याब सञ्चालन गरेका थिए । दुई वर्षयता म्याक्स अस्पतालमा पनि उनको निजी ल्याव छ ।

बजारमा आरडिटी किट जताततै पाउने बताउँदै उनले कसैले ल्याएर परीक्षण गर्दा अनावश्यक रुपमा आफ्नो नाम जोडेको बताए ।

म्याक्स इन्टरनेशनल अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले कोरोना जाँच गर्दा कर्मचारीले गल्ती गरेको बताए । अस्पतालले आधिकारिक रुपमा रिपोर्ट दिदा ल्यावको लेटर प्याड प्रयोग हुने बताउँदै उनले कर्मचारीले गल्ती गरेको दाबि गरे ।

‘काठमाडौं जाने आफन्तको कर्मचारीले आरडिटी जाँच गरेका रहेछन् ।’ उनले भने ‘इमरजेन्सीको लेटरप्याड प्रयोग भएको छ, कर्मचारीले गल्ती गरे, हामीले सम्झाएपछि उनीहरुले स्वीकार गरेका छन ।’

उनले आफ्ना कर्मचारीले २–३ जना भन्दा बढीको आरडिटी जाँच नगरेको दाबि गरे । अस्पतालकाे ल्याबमा जयवेन्द्र यादवकाे लगानी रहेकाे बताउँदै उनले आरडिटी जाँच गर्दा एक हजार पाँचसय शुल्क लिएको दाबि गरे ।

कानुन अनुसार कारवाही हुन्छ – मन्त्री घिमिरे

यता प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले अबैध रुपमा कोरोना जाँच गरेकाे पुष्टि भए अस्पताल र आफ्ना कर्मचारीलाई कानुन अनुसार कारवाही हुने बताए ।

प्रदेशमा निजी स्तरका कुनै पनि ल्याबलाई कोरोना परीक्षणको अनुमति नदिएको बताउँदै उनले अबैध रुपमा गरेको पाइए कानुन अनुसार अघि बढ्ने बताए । ‘ के भएको रहेछ हामी बुझ्छौं ।’ उनले भने ‘ परीक्षण भएको रहेछ भने कानुन अनुसार हुन्छ ।’

प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच हुन्छ ।

jackson ribon