birat ribon

लकडाउनमा तस्करी : नेपालबाट केराउ, भारतबाट रासायनिक मल र कपडा

Neuro
लकडाउनमा तस्करी  : नेपालबाट केराउ, भारतबाट रासायनिक मल र कपडा

विराटनगर, २१ असार । लकडाउनमा मोरङको दक्षिणी क्षेत्रबाट हुने तस्करी मौलाएको छ । कोरोना नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण सीमा नाका सिल गरिएको छ । तर भित्रीबाटो हुँदै तस्करी मौलाएको हो ।

Padelux insider
cura insider

प्रहरीले चलाएको पछिल्लो अप्रेशनमा नेपालबाट केराउ, छोक्डा, मरिचलगायतका सामाग्री तस्करी भएको पाइएको छ । भारतबाट रासायनिक मल, कपडा तथा खाद्यान्य तस्करी हुँदै नेपाल अाएकाे छ ।

शनिबार साँझ भारतबाट अबैध रुपमा मल लिएर आउदै गरेको ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ जहदा गाउँपालिका– ५ लक्ष्मीनियाबाट ३६ बोरा युरियासहित प्रहरीले को २ त ५८७५ नं को ट्रयाक्टर र चालक धनपालथान गाउँपालिका– ३ का ३३ वर्षिय सुरेन्द्रकुमार सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

शनिबार राति करिब साढे ८ बजे मोरङको जहदा गाउँपालिका– ६ स्थितमा नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी लैजादै गरेको अवस्थामा प्रहरीले ४५ लिटर घरेलु मदिरा र उमंग नाम लेखिएको १२ बोतल मदिरा सीमा प्रहरी चौकी पोखरीयाले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले केही दिन अघि विराटनगरको दक्षिणी क्षेत्र दरैयाबाट भारत तर्फ जादै गरेको अबैध एक लाख ९५ हजार मूल्य बराबरको २ हजार पाँचसय केजी केराउसहित को१त ६२१९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । प्रहरीकै संलग्नता देखिएपछि इलाका प्रहरी कार्यलय रानी मातहतमा ६ जना प्रहरी अनुसन्धानका लागि तानिएका छन ।

प्रदेश प्रहरी कार्यालयको टोलीले बिहीबार बिहान भारतबाट अबैध रुपमा सामान ल्याउँदै गरेका ६ जनालाई पक्राउ गरेको थियो ।

बिराटनगर महानगरपालिका– १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिब ५ लाख भन्दा बढीको अबैध समानसहित को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर– १५ का राजापासवानसहित ६ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेमा बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरी छन ।

jackson ribon