birat ribon

काठमाडौंको ग्यारेजमा राखिएका ८ वटा माइक्रो जले

Neuro
काठमाडौंको ग्यारेजमा राखिएका ८ वटा माइक्रो जले

काठमाडौं, २१ असार । काठमाडौंमा ग्यारेजमा राखेको अवस्थामा ८ वटा माइक्रो जलेको छ । काठमाडौंको नयाँ बसपार्क नजिकै रहेको ग्यारेजमा राखिएका ८ वटा माइक्रोबस जलेको हो ।

प्रहरीका अनुसार बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको छ । बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको बताइएको छ ।

cura insider

घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । ११ चैत यता कोरोना नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण सार्बजनिक यातायात चलेका छैनन ।

jackson ribon