birat ribon

मोरङमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

Neuro
मोरङमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

विराटनगर, २१ असार । पोखरीमा पौडी खेल्ने क्रमम डुबेर मोरङमा २ जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

मोरङको जहदा गाउँपालिका– ३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो ।

दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल विराटनगर ल्याएका थिए । उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon