एएफसी बोर्नेमाउथको पोस्टमा युनाइटेडको ५ गोल

विराटनगर, २१ असार । इंग्लिस प्रिमियर लिगको ३३औं चरणको खेलमा म्यानचेष्टर युनाइटेडले एएफसी बोर्नेमाउथमाथि शानदार जित दर्ता गराएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा युनाइटेडले ५–२ गोलान्तर सहितको नतिजा निकालेको हो ।

खेलको १६औं मिनेटमा बोर्नेमाउथका लागि जुनियर स्टानीस्लासले गोल गर्दै अग्रता दिलाएपनि मेसन ग्रीनवुडले २९ औं मिनेटमा बराबरी गोल फर्काएपछि युनाइटेड लयमा फर्किएको थियो ।

३५औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्कस रासफोर्डले युनाइटेडलाई खेलमा अग्रता दिलाए । पहिलो हाफको थपिएको समय गोल गर्दै एनथोनी मार्सलले हाफ अघि युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।

दास्रो हाफसुरु भएसँगै सुधारिएको प्रदर्शन गरेको बोर्नेमाउथले ४९औं मिनेटमा दोस्रो गोल गरेको थियो । जोशुआ किंगले प्रहार गरेको पेनाल्टीले पोस्टको दिशा लिएपछि बोर्नेमाउनथले खेलमा फर्किने सक्ने संकेत गरेको थियो ।

तर सुरुवाती अग्रता दिलाएका युवा फरवार्ड मेसन ग्रीनवुडले म्यानचेष्टर युनाटेडका लागि चौथो र बुन्रो फर्नान्डेजले पाँचौ गोल गर्दै युनाइटेडको जित पक्का गरेका थिए ।

ग्रीनवुडले ५४औं र फर्नान्डेजले ५९औं मिनेटमा फ्रि–किकमार्फत गोल गरेका थिए । यो जितसँगै युनाइटेडले १९÷२० सिजनमा पहिलो पटक लगातार तीन खेलमा स्पष्ट जितको नतिजा निकालेको छ । साथै, डिसेम्बर २०१८ पछि पहिलो पटक युनाइटेडले विपक्षीको पोस्टमा पाँच गोल गर्न सफल भएको हो ।

खेल जितेको युनाइटेड ५५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ भने हारेको बोर्नेमाउथ २७ अंकसहित रेलिगेशनमा संघर्षरत छ ।

Loading...