राष्ट्रपति र म विरुद्ध सड्यन्त्र हुँदैछ – प्रधानमन्त्री

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारी र आफू विरुद्ध पार्टी भित्रैबाट सड्यन्त्र भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट लगतै मन्त्री र राज्यमन्त्रीसँग छलफल गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका हुन ।

पार्टी भित्र अन्तरविरोध उच्च रहेको अवस्थामा ओलीले आफू विरुद्ध सड्यन्त्र भएका कारण पार्टी एकता गम्भिर अवस्थामा पुगेको बताए । उनले पार्टी एक भएर जाने सम्भावना कम हुँदै गएकाे बताए ।

आफूले अन्तिम समयसम्म प्रयास गर्ने बताउँदै उनले सहयोग गर्न मन्त्रीहरुलाई आग्रह गरे ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, राष्ट्रपतिका विरुद्ध पनि सड्यन्त्र हुँदैछ ।’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने‘ यस्तोबेला तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

Loading...