प्रधानमन्त्री ओलीको दाैडधुप : राष्ट्रपतिसँगको भेट लगतै मन्त्रीसँग छलफल

काठमाडौं, २० असार । नेकपा भित्र तनाव बढीरहेको अवस्थामा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट लगतै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका छन ।

शनिबार साँझ शितल निवासमा राष्ट्रपतिसँगको करिब एक घण्टा लामो छलफल पछि बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरेका हुन ।

स्थायी समिति बैठकका अधिकांश सदस्यले राजिनामा माग गरेपछि प्रधानमन्त्री ओली संकटमा छन । आन्तरिक बिबादका कारण नेकपा फुटको संघारमा पुगेको छ ।

फुटबाट जोगाउनका लागि नेताहरुले परामर्श थालेका छन । बिहीबार आन्तरिक विवाद सावधानका लागि शनिबार बिहान ११ बजेसम्मका लागि स्थायी समिति बैठक स्थगित भएको थियो ।

शुक्रबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । तर कुनै सहमति जुटेन् ।

प्रधानमन्त्रीले थप समय मागेपछि शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । पार्टीमा विवाद चर्कीएका कारण शनिबार बाेलाइएकाे छलफललाइ चासाेका साथ हेरिएकाे छ ।

Loading...