संसद रत्यौली खेलइने संस्था होइन – मन्त्री अर्याल

काठमाडौं, २० असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संघिय संसद रत्यौली खेल्ने संस्था नभएको बताएकी छन ।

स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने बताउँदै उनले विजनेश नभएर बैठक स्थगित गरिएको बताइन ।

सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले बताइन । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताइन ।

‘पार्टीको स्थायी समिति बैठकका एजेण्डा र चालु संसद अधिवेशन मेल खाँदैन । अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के विजनेश दिने त्यो सरकारको कुरा हो ।’ उनले भनिन् ‘ हामीले बजेट ल्याउनु थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु प¥यो बोलायौँ । बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन विजनेश थिएन् । संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन् नी । त्यसैले रत्यौली खेल्न संसद चाहिएन् ।’

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवशरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पु¥उयाएको बताइन ।

Loading...