स्वास्थ्यकर्मी संघ कोषाध्यक्षलाई मातृ शोक

विराटनगर, २० असार । नेपाल स्वास्थ्यकर्मी संघ मोरङ (हेपाेन)का कोषाध्यक्ष मनोजकुमार साहलाई मातृ शोक परेको छ ।

स्वास्थ्यकर्मी संघ मोरङका कोषाध्यक्ष साहको माता मायादेवी साहको ५७ वर्षको उमेरमा निधन भएको हो । संघका माेरङ अध्यक्ष रमेश कार्कीका अनुसार साह रतुवामाई नगरपालिका निवासी हुन ।

Loading...