काठमाडौंकाे ढलमा भेटियो कोरोना भाइरस

काठमाडौं,२० असार । काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस (कोभिड १९) फेला परेको छ । काठमाडौंका चार स्थानको ढल संकलन गरी परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस फेला परेको हो ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको अनुसन्धानमा संक्रमण देखिएको हो ।

अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

परीक्षण गर्दा दुई स्थानमा भाइरस भेटिएको अध्ययनको नेतृत्व गरेका डाक्टर दिवेस कर्माचार्यले बताए । भाइरस भेटिएकाे स्थान खुलाइएकाे छैन् ।

Loading...