विराटनगर, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालभरका २३ वटा प्रयोगशालमा परीक्षण गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लाे २४ घण्टामा ४ हजार ५० जनाकाे नमुना परीक्षण भएकाे थियाे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ९१ पुगेको छ ।
डाक्टर गाैतमका अनुसार शनिबार देशभर २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।