माेरङकाे गोठगाउँबाट थप ३६ जना डिस्चार्ज

विराटनगर, २० असार । प्रदेश १ बाट शनिबार ३६ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारत ३६ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरंगका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँबाट हाल सम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिए । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ । संक्रमितको संख्या ६६५ पुगेको छ ।

Loading...